माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानअध्यापक
मेरोन्यूज
२०८१ साउन ९ गते १०:१९

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ ।
साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ ।
गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८)का लागि १० र माध्यमिक तह (९–११)का लागि चारजना र माध्यमिक तह (११–१२)का लागि छ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।
विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा जनाइएको छ । प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ ।
सम्बन्धित










मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया