चम्किलो अनुहार बनाउने टिप्स

आफ्नो अनुहार आकर्षक, स्वस्थ र चिटिक्क पार्न कसलाई मन पर्दैन र ? सुन्दर हुने चाहनामा हामी कति ब्युटी पार्लरहरु चाहार्छौँ । धेरै बजारमा पाउने सौन्दर्य सामानहरु किन्ने र लगाउने गर्छौं ।
तर, ती किनेका ब्युटी प्रोडक्टले हाम्रो अनुहारमा फाइदा नगरिरहेको पनि हुनसक्छ । यसको लागि सुन्दर बनाउने तरिका आफ्नै घरमा पनि हुनसक्छ। मात्र त्यसलाई थाहा पाउनु जरुरी छ । एकै दिनमा सुन्दर देखिने यी उपाय एकपटक प्रयोग गरिहाल्नुस्।
१. चाउरी हटाउन – एक चम्चा महमा कागतीको केही थोपा रस मिलाएर अनुहारमा लगाउनाले चाउरीको समस्या देखिँदैंन । २. अनुहार चम्किलो राख्न – एक चम्चा गुलाबजल र एक चम्चा दूधको मिश्रणमा दुई या तीन थोपा कागतीको रस मिसाएर अनुहारमा लगाउनाले छाला कोमल हुन्छ र चम्किलो पनि देखिन्छ ।
३. मृत छाला हटाउँछ – गोलभेडाको टुक्रालाई अनुहारमा लगाएर हल्का रुपमा मसाज गर्नाले अनुहारको फोहोर सफा हुन्छ । यसबाट छालाको मृत कोषिका र धूलोमैलो हटाएर बन्द भएका रोमछिद्र खुलाउँछ ।
४. तैलीय छालाबाट छुट्कारा – एक चम्चा कागतीको रसमा एक चम्चा गुलाबजल र पिँधेको पुदिना मिसाएर एक घण्टा राख्नुहोस् ।त्यसपछि अनुहारमा लगाएर २० मिनेटपछि धुनुहोस् । यसबाट अनुहारको चिपचिप पनि हट्छ ।
५. निखारता ल्याउन – छालामा निखारता ल्याउँनाले थोरै चोकरमा एक चम्चा सुन्तलाको रस, एक चम्चा मह वा गुलाबजल मिसाएर पेष्ट बनाउनुहोस् । यो पेष्टमा अनुहार र गर्धनमा लगाउँनुहोस् । सुकेपछि धुनुहोस् ।
-एजेन्सी
















नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया