जमुनाह नाकाबाट मात्रै एक अर्बको आलु आयात

बाँके । बाँकेको जमुनाह सीमानाका हुँदै भारतबाट गत आर्थिक वर्ष ०८०/८१ मा रु. एक अर्ब ११ करोड ६१ लाखको आलु आयात गरिएको छ। सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष ०७९/८० भन्दा गत आवमा रु. १८ करोडको आलु बढी आयात गरिएको हो। आर्थिक वर्ष ०७९/८० मा रु. ९३ करोड ६० लाख ६९ हजारबराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो।
आलु आयातबाट आव ०७९/८० मा रु. १४ करोड ७७ लाख २२ हजार तथा गत आव ०८०/८१ मा रु. २७ करोड २२ लाख ४४ हजार राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए। अघिल्लो आवको तुलनामा गत आवमा रु. १३ करोड राजस्व वृद्धि भएको छ।
पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले बताए।
उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन। रासस
















अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा
बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया