सुखद दाम्पत्य जीवनको कामना गर्ने ‘मधुश्रावणी’ पर्व मिथिलाञ्लमा सुरु

महोत्तरी । कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन् ।
यो पर्वमा बर्तालु र उनका सखी सुन्दर वस्त्रमा सजिएर सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधि खास मानिन्छ । पर्वभर सामूहिक रूपमा गीत गाउँदै ‘फूलललोढी’मा निस्केका मिथिलानीहरूबीच नयाँघरको र पतिसँगको सम्बन्ध आदानप्रदान हुने गर्छ । पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामुहिक रुपमा पूmल खोज्न निस्कने विधिलाई ‘पूmललोढी’ भनिन्छ । यो पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी पूmल चढाउने चलन छ ।
पर्वको प्रारम्भ आत्मशुद्धि र व्रत सङ्कल्पबाट हुन्छ । बर्तालु पर्वको एक दिनअघि नै हातगोडाका नङ् काटी नुहाइधुवाइ गरेर शुद्ध हुन्छन् । पर्वभर चोखो भोजन गरिन्छ । घरकी जेष्ठ महिला सदस्यले बर्तालुलाई पर्वका विधि सिकाउने गर्छन् । सामान्यतया माइतीघरमा यो पर्व मनाइने प्रचलन भएपनि यस अवधिभरिको वस्त्र र खाद्यान्नभने पतिले नै पुर्याइदिनपर्ने चलन छ ।
पर्वको अभीष्ट नै पतिसँगको गाढा प्रेम भएकाले सखीहरु एकआपसमा पतिले गर्ने व्यवहार, घरको अनुभव साटासाट गर्छन् । सूर्यास्त हुनपूर्व प्रणयगीत गाउँदै आकर्षक वस्त्रमा सजिएर फूलललोढीका लागि निस्केका उनीहरूका गीतले बाटो हिड्ने जोसुकैको मन खिच्ने गर्छ । यो नै पर्वको मुख्य आकर्षण हो ।
“नवविवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाले ‘फूललोढी’ मा निस्केका मिथिलानीका रागात्मक भावका गीतले सबैलाई रोमाञ्चित गराउँछ” मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ ।
विगतमा मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब सबै जातजातिको साझा भएको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको मिथिलानी बताउँछन् ।
शिव, पार्वती र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई जेष्ठ महिलाले कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथा सुनाइन्छ ।
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया