लुम्बिनी केबलकारकाे ‘मर्निङ अफर’, टिकट आधा सस्तो

काठमाडौं । लुम्बिनी केबलकारले मर्निङ अफर’ ल्याएको छ । लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको हो । गत वर्ष यो अफर सफल भएको थियो ।
पर्यटकहरुको माग अनुसार यो वर्ष पनि अफर ल्याएको कम्पनीले जनाएको छ । केबलकारको साधारण टिकट दर १ हजार रुपैयाँं छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिरे पुग्ने भएको छ ।
साउन १४ गतेदेखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर कम्पनीले जनाएको छ ।
‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ । तर, टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्नेछन सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र १ वर्षदेखि पुजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।
साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । उक्त मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन् । लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ ।












प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया