प्रधानमन्त्रीलाई रुकुम पश्चिम र रुकुम पूर्वका कांग्रेस र एमालेको ज्ञापन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका जिल्ला नेतृत्वले जाजरकोट–भूकम्पबाट प्रभावित अधिकांशहरुले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई भेटेर ती जिल्लाका प्रतिनिधिमण्डलले गत कात्तिक १७ गतेको उक्त भूकम्पबाट प्रभावितका लागि सरकारले दिने तय गरेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका हुन् ।
ज्ञापनपत्रमा पुनः निर्माणका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्नको माग गरिएको छ । यसगैरी सशस्त्र द्वन्द्वकालकालीन र विभिन्न घटनामा नेकपा (माओवादी केन्द्र) इतर पक्षलाई राजनीतिक पहुँच र कानुनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरिएको छ ।
ज्ञापनपत्र बुझाउन एमालेका पोलिब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्व राज्यमन्त्री गोपालजीजङ्ग शाह, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रुकुम–पूर्वका एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम, सोही कांग्रेसका प्रदेश सदस्य सरिता बिसी, रुकुम–पश्चिमका कांग्रेस जिल्ला अध्यक्ष प्रेमप्रकाश ओली, सोही जिल्लाका एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटालगायत सहभागी थिए ।
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया