जनता आशावादी हुनेगरी काम गर्छौंः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुनेगरी काम गरिने बताएका छन्।
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले यहाँ आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ कार्यक्रमको आज उद्घाटन गर्दै उनले आफू पनि केही गर्ने उत्साहका साथ जिम्मेवारीमा आएकाले उत्कृष्ट कार्यसम्पादनका समन्वय र सहकार्यको भावनाले अगाडि बढ्ने बताए ।
विकसित देशहरूमा सहकार्यका साथ मिलेर काम गर्ने संस्कृतिका कारण विकास सम्भव भएको उल्लेख गर्दै हाम्रा युवाहरू पनि सोही कारण विदेश जान आकर्षित भइरहेका धारणा राखे । मन्त्री गुरुङले छिमेकी चीनलगायत देश विकासको उचाइमा पुग्नाका कारण पनि त्यहाँको कर्मचारी संयन्त्र र सरकारबीच बलियो सहकार्य भएकाले हो भने । “विदेशमा सबै मिलेर काम गरौँ भन्ने संस्कार छ । त्यसैमा फड्को मारिरहेका छन् । हाम्रा युवाहरू पनि त्यतै पलायन भइरहेका छन्”, उनले भने, “हामीले पनि सहकार्यको संस्कार विकास गर्न जरुरी छ ।”
मन्त्री गरुङले सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने आवश्यक कार्यका लागि सुझाव दिन क्यानलाई आग्रह गरे।











कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
Newly-appointed Foreign Affairs Minister Sharma takes oath of office
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया