ज्योति विकास बैंकद्वारा ‘ज्योतिज् गट ट्यालेन्ट’ आयोजना

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज् गट ट्यालेन्ट’को पहिलो संस्करण आयोजना गरेको छ।
रचनात्मकता र सृजनात्मकताको अनन्त सम्भावनाहरूलाई उजागर गर्ने तथा प्रतिभालाइ सम्मान गर्ने उद्देश्यले बैंकका देशभरीका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरुको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
‘ज्योतिज् गट ट्यालेन्ट’मा कर्मचारीहरुको लागि नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविताू गरि पाँच विधा राखिएको थियो भने बालबालिकाहरूका लागि नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला, जादू, हस्तलेखन, र कविताू गरि सात विधाहरु समावेश गरिएको थियो। जसमा प्रतियोगीहरुको सक्रिय सहभागिता रहेको थियो।
उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरू २०८१ श्रावण ०९ गते बुधवार, बैंकको १६औं वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो। विजेताहरुलाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालद्वारा बधाई ज्ञापन गरेका थिए।











यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया