गिरीबन्धुबारे कांग्रेसमाथि छानबिन हुनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेट बारे कांग्रेसमाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीले विगतमा गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको भनी अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले सो प्रकरणको छानबिन हुनुपर्ने माग गरेका हुन् ।
उनले भने- ‘गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको हो भनी सिंगो कांग्रेसलाई नै बदनाम गर्नेगरी एउटा आरोप लागेको थियो । यो बेलामा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका ती को व्यक्ति हुन तिनले छुट पाउन हुँदैन । यो आरोपको छानविन गरियोस् । नक्कली भुटानी शरणार्थीको प्रकरणमा पनि त्यही हो, निर्दोष कोही फस्न हुँदैन, दोषी कोही उम्किन हुँदैन ।’
महामन्त्री शर्माले पुर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा फाइल नखोलेर हल्ला मात्र गरेको भन्दै आरोप लगाए । साथै शर्माले नयाँ गृहमन्त्रीलाई स्टन्ट नगरिकन, कसैको पक्षमा नलागी काम गर्न सुझाव दिए ।
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया