मंगलबार, वैशाख १५, २०८३

दीपिकासँगको ब्रेकअपपछि आफुलाई धोकेबाज भनिएकोबारे रणवीरले के भने ?

मेरोन्यूज २०८१ साउन १३ गते १७:५२

काठमाडाैं। बलिउड अभिनेत्री दीपिका पादुकोणसँगको ब्रेकअपपछि अभिनेता रणवीर कपूरलाई धेरैले धोकेबाज भनेका छन्।

Advertisement
NiccNicc

वर्षौँअघि दीपिकाले करण जोहरको च्याट शो ‘कफी विथ करण’ मा रणवीरका बारेमा धेरै कुरा भनेकी थिइन् । अहिले रणवीरले एक अन्तर्वार्तामा यसबारे कुरा गरेका छन् ।

उनले भने, ‘जब मैले फिल्ममा काम सुरु गरेँ, मलाई प्लेब्वाई भनिन्थ्यो किनभने म अभिनेत्रीसँग डेट गरिरहेको थिएँ । यो मेरो पहिचान बनेको थियो ।’ मलाई अझै पनि धोकेबाजको ट्याग लगाइएकाे छ। तर मलाई यसबारे परवाह छैन किनभने यो पूर्णरूपमा सत्य थिएन। मानिसहरूलाई पूरै कथा थाहा छैन किनभने मैले कहिल्यै केही भनिनँ।’

यी कुराहरु नितान्त व्यक्तिगत भएकाले आफुले यसबारे आपुले यसबारे सार्वजनिक रुपमा कहिल्यै नबाेलेकाे रणवीरले बताए । ‘म सार्वजनिक रूपमा कसैको बारेमा यस्तो कुरा कहिल्यै बोल्दैन किनभने यी सबै नितान्त निजी कुरा हुन् । तर जुन प्रकारका कुराहरू भनियो र यसले एक व्यक्तिलाई खुसी बनायो, तर मलाई त्यो व्यक्तिसँग कुनै समस्या छैन’ उनले भने ।

रणवीर कपुरले आफ्नाे करियरको सुरुवाती चरणमा अभिनेत्री दीपिका पादुकोणलाई डेट गरेका थिए । दुबैजना करिब डेढ वर्ष सम्बन्धमा थिए । तर पछि उनीहरूको ब्रेकअप भयो ।

ब्रेकअपपछि, दीपिका र सोनम कपूर दुवैले ‘कफी विथ करण’ मा रणवीरको डेटिङ लाइफको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया