के तपाइको शरिमा कोलस्ट्रोल छ ? घटाउन यस्ता उपाए अपनाउनुहाेस्

उच्च कोलस्ट्रोल मुटु स्वास्थको लागि नराम्रो संकेत हो । कुनै कुनै खानामा उच्च कोलस्ट्रोल पाइन्छ । यस्तो खानाको सेवनले कोलस्ट्रोरको मात्रा बढाउँछ । रगतमा धेरै कोलस्ट्रोल हुँदा स्वास्थ्यको लागि खतरनाक, हृदयघात र स्ट्रोकको ठूलो कारण बन्न सक्छ । जब रगतमा कोलस्ट्रोल जम्मा हुन थाल्छ ।
तब फ्याटीहरु धमनीको पर्खालमा टाँसिन थाल्छ । यसले धमनीहरु संकुचित हुन्छ र धमनीमा रक्त प्रवाहलाई रोक्छ । रक्त प्रवाह रोकिँदा हृदय घात हुन सक्छ ।
तर केही उपाय अपनाएर कोलस्ट्रोलको स्तर नियन्त्रण गर्न सक्छौं । हाई कोलस्ट्रोलको लेवल घटाउन केही खानेकुराहरु खान सकिन्छ । जुन कोलस्ट्रोल लेवल व्यवस्थापन गर्ने सबै भन्दा प्रभावकारी तरिका हो । यसको लागि केही आयुर्वेदिक उपचारहरु पनि छन् । जुन कोलस्ट्रोल स्तर घटाउन रामवाण सावित हुन सक्छन् ।
गुग्गुलको सेवन
यो एउटा शक्तिशाली आयुर्वेदिक जडिबुटी हो । यसले पित्त एसिड बढाएर कोलस्ट्रोल घटाउन सहयोग गर्छ । गुग्गुललाई आहारको रुपमा सेवन गर्न सकिन्छ । यसलाई आयुर्वेदिक औषधालयमा सजिलै पाउन सकिन्छ ।
लसुनको सेवन
लसुन एक शक्तिशाली एन्टिअक्सिडेन्ट र एन्टि–इन्फ्लेमेटरी जडीबुटी हो । जसले कोलस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ । यसमा एलिसिन र डायलिल डाइसल्फाइड नामक तत्व हुन्छ । जसले कलेजोलाई कोलस्ट्रोल उत्पादन गर्नबाट रोक्छ । यसको लागि काँचो लसुनको सेवन गर्न सक्नुहुन्छ ।
दालचिनीको सेवन
दालचिनी एक आयुर्वेर्दिक जडिबुटी हो । यसमा उच्च कोलस्ट्रोल नियन्त्रण गर्ने क्षमता हुन्छ । दालचीनी एक मसला हो । जसले राम्रो कोलस्ट्रोलको मात्रा बढाउँछ र खराब कोलस्ट्रोलको स्तर घटाउँछ ।
अमलाको सेवन
अमला औषधी भन्दा कम छैन । उच्च कोलस्ट्रोल नियन्त्रण गर्न अमला रामवाण औषधी हो । अमलाले शरीरबाट खराब कोलस्ट्रोल बाहिर निकाल्नको उत्कृष्ट स्रोत हो । यस फलमा भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ ।
बेसार
बेसारमा शक्क्तिशाली एन्टिअक्सिडेन्ट र एन्टीइन्फ्लेमेटरी गुण हुन्छ । यसले कलेजोमा कोलस्ट्रोल संश्लेषण घटाएर कोलस्ट्रोलको स्तर कम गर्छ । बेसारलाई तरकारीमा प्रयोग गरेर सेवन गर्न सक्नुहुन्छ ।
-एजेन्सीको सहयोगमा









अरूका झुटा भाष्यका पछाडि नलाग्न जेनजी युवालाई गृहमन्त्री अर्यालको आग्रह
डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
धनुषाबाट करीब १३ लाख ७० हजारकाे काजु बरामद
फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस
नेपाल लाइफद्वारा भौतिक पूर्वाधार कोषमा १ करोड ५० लाख सहयोग
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया