के तपाइको शरिमा कोलस्ट्रोल छ ? घटाउन यस्ता उपाए अपनाउनुहाेस्

उच्च कोलस्ट्रोल मुटु स्वास्थको लागि नराम्रो संकेत हो । कुनै कुनै खानामा उच्च कोलस्ट्रोल पाइन्छ । यस्तो खानाको सेवनले कोलस्ट्रोरको मात्रा बढाउँछ । रगतमा धेरै कोलस्ट्रोल हुँदा स्वास्थ्यको लागि खतरनाक, हृदयघात र स्ट्रोकको ठूलो कारण बन्न सक्छ । जब रगतमा कोलस्ट्रोल जम्मा हुन थाल्छ ।
तब फ्याटीहरु धमनीको पर्खालमा टाँसिन थाल्छ । यसले धमनीहरु संकुचित हुन्छ र धमनीमा रक्त प्रवाहलाई रोक्छ । रक्त प्रवाह रोकिँदा हृदय घात हुन सक्छ ।
तर केही उपाय अपनाएर कोलस्ट्रोलको स्तर नियन्त्रण गर्न सक्छौं । हाई कोलस्ट्रोलको लेवल घटाउन केही खानेकुराहरु खान सकिन्छ । जुन कोलस्ट्रोल लेवल व्यवस्थापन गर्ने सबै भन्दा प्रभावकारी तरिका हो । यसको लागि केही आयुर्वेदिक उपचारहरु पनि छन् । जुन कोलस्ट्रोल स्तर घटाउन रामवाण सावित हुन सक्छन् ।
गुग्गुलको सेवन
यो एउटा शक्तिशाली आयुर्वेदिक जडिबुटी हो । यसले पित्त एसिड बढाएर कोलस्ट्रोल घटाउन सहयोग गर्छ । गुग्गुललाई आहारको रुपमा सेवन गर्न सकिन्छ । यसलाई आयुर्वेदिक औषधालयमा सजिलै पाउन सकिन्छ ।
लसुनको सेवन
लसुन एक शक्तिशाली एन्टिअक्सिडेन्ट र एन्टि–इन्फ्लेमेटरी जडीबुटी हो । जसले कोलस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ । यसमा एलिसिन र डायलिल डाइसल्फाइड नामक तत्व हुन्छ । जसले कलेजोलाई कोलस्ट्रोल उत्पादन गर्नबाट रोक्छ । यसको लागि काँचो लसुनको सेवन गर्न सक्नुहुन्छ ।
दालचिनीको सेवन
दालचिनी एक आयुर्वेर्दिक जडिबुटी हो । यसमा उच्च कोलस्ट्रोल नियन्त्रण गर्ने क्षमता हुन्छ । दालचीनी एक मसला हो । जसले राम्रो कोलस्ट्रोलको मात्रा बढाउँछ र खराब कोलस्ट्रोलको स्तर घटाउँछ ।
अमलाको सेवन
अमला औषधी भन्दा कम छैन । उच्च कोलस्ट्रोल नियन्त्रण गर्न अमला रामवाण औषधी हो । अमलाले शरीरबाट खराब कोलस्ट्रोल बाहिर निकाल्नको उत्कृष्ट स्रोत हो । यस फलमा भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ ।
बेसार
बेसारमा शक्क्तिशाली एन्टिअक्सिडेन्ट र एन्टीइन्फ्लेमेटरी गुण हुन्छ । यसले कलेजोमा कोलस्ट्रोल संश्लेषण घटाएर कोलस्ट्रोलको स्तर कम गर्छ । बेसारलाई तरकारीमा प्रयोग गरेर सेवन गर्न सक्नुहुन्छ ।
-एजेन्सीको सहयोगमा
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
उदयपुरमा बेपत्ता भएका राई पाँच दिनपछि मृतावस्थामा फेला
‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’:डा सञ्जय आचार्य















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया