किसानलाई सहुलियत हुने गरी आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहुलियत हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताएका छन्।
नवीनतम यान्त्रीक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा उनले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए। “छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसबारे अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ,” मन्त्री खड्काले भने।
उनले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतको बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने बताए । सुरुआतमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहको २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिए ।
डिप ट्युवेल र प्रिपेड कार्ड सिस्टममार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले अगाडि बढाइएको उक्त आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ ।
उक्त आयोजना सम्पन्न भएमा किसानले सिँचाइका लागि एक हजार लिटर पानी रु तीन रुपैँयामा पाउनेछन् । उक्त आयोजनामा ७८ प्रतिशत एशियाली विकास बैँक र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ ।













कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया