किसानलाई सहुलियत हुने गरी आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहुलियत हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताएका छन्।
नवीनतम यान्त्रीक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा उनले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए। “छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसबारे अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ,” मन्त्री खड्काले भने।
उनले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतको बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने बताए । सुरुआतमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहको २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिए ।
डिप ट्युवेल र प्रिपेड कार्ड सिस्टममार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले अगाडि बढाइएको उक्त आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ ।
उक्त आयोजना सम्पन्न भएमा किसानले सिँचाइका लागि एक हजार लिटर पानी रु तीन रुपैँयामा पाउनेछन् । उक्त आयोजनामा ७८ प्रतिशत एशियाली विकास बैँक र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया