जापानमा छुरा प्रहारबाट ३ जनाको मृत्यु

काठमाडाैँ । मध्य जापानको शिजुओका प्रान्तमा आइतबार छुरा प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जिजी प्रेसका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो २ः२५ बजे प्रहरीलाई किकुगावा शहरको आवासीय क्षेत्रमा रहेको एक घरमा एक व्यक्ति अस्वभाविकरूपमा दौडिरहेको सूचना प्राप्त भएको थियो ।
प्रहरी अधिकारीहरूले उक्त घरमा पुग्दा ८७ वर्षीय शोइची शिबुया, उहाँकी श्रीमती ८१ वर्षीया इकुको र उनीहरूकी ५२ वर्षीया छोरी रुमिको छुरा प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थिए भने उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।
मृतकका नातेदार मानिएका २० वर्षीय एक व्यक्ति फरार रहेको र हत्याको आशङ्कामा उक्त व्यक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शिजुओका प्रिफेक्चुरल प्रहरीका अनुसार घटनास्थलमा एउटा चक्कु फेला परेको छ ।











बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया