शुक्रबार, पुष १८, २०८२

पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता बाहिरिइन्

मेरोन्यूज २०८१ साउन १४ गते १६:३८

काठमाडौँ । पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन् ।

मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै आउट भएकी हुन् । उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन् । मनितालाई एक मिनेटमा सर्वियन खेलाडी पेरिसिकले पराजित गरिन् ।

यो जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गरेकी छन् । मनितासँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पनि समूह चरणमा बाहिरिएका थिए । पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया