फुटबल क्लबको मालिक बन्दै एम्बाप्पे
मेरोन्यूज
२०८१ साउन १५ गते १०:१२

काठमाडौँ । फ्रान्सका फुटबल सुपरस्टार किलीयन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् ।
फ्रेन्च क्लब पिएसजी छोडेर स्पेनिस महारथी रियल म्याड्रिड पुगेका २५ बर्षिय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत सेयर किन्न २० मिलियन युरो खर्च गर्ने बताइएको छ ।
एम्बाप्पे आफ्नो क्यारियरको शुरुवातमा मोनाको क्लबमा हस्ताक्षर गर्नु अघि किशोरावस्थामा केनसँग लगभग आवद्ध भएका थिए ।
केन गत सिजन लिग २ मा छैटौं स्थानमा रहेको थियो । यस क्लबका पुर्व खेलाडीमा एम्बाप्पेकै सहकर्मी एनगोलो कान्टे र पूर्वखेलाडी डिफेन्डर विलियम गालास जस्ता खेलाडी रहेका छन् ।
सन् १९१३ मा स्थापित केन क्लब दुई पटकको लिग २ च्याम्पियन समेत बनेको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया