सेयर बजार २७०० नजिक, कारोबार रकम १७ अर्ब २६ करोड माथि

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३५ दशलमव ५५ अंकले बढेर २,६९६ को विन्दुमा कायम भएको हाे। आज १८९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ ।
मंगलबार ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ३६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत र नेपाल वेयरहाउजिङका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया