कोदो राष्ट्रिय दिवस घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छः कृषिमन्त्री अधिकारी
मेरोन्यूज
२०८१ साउन १५ गते २१:४७

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आगामी वर्ष साउन १५ लाई राष्ट्रिय रूपमै कोदो दिवस घोषणा गरेर मनाइने बताएका छन्।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा आयोजित चौंथो कोदो दिवसमा मन्त्री अधिकारीले यस्तो बताएका हुन्।
‘गैरसरकारी क्षेत्रबाट तपाईंहरूले साउन १५ लाई कोदो दिवसको रूपमा मनाउँदै आउनु भएको छ। यसलाई राष्ट्रिय रूपमै घोषणा गर्न म प्रयास गर्छु,’ उनले भने, ‘आगामी वर्ष हामी राष्ट्रिय दिवसकै रूपमा मनाउँछौं।’
महासंघले जेठमै कोदोलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गर्न कृषि विभागलाई प्रस्ताव पेस गरेको थियो। प्रस्तावमा छलफल गरेर विभागले मन्त्रालयलाई प्रस्ताव राखेको थियो।
सोही प्रस्तावअनुसार मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरी मन्त्री परिषदमा लैजाने तयार गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए।
सम्बन्धित















भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया