बिहीबार, चैत १९, २०८२

डीआईजी केसीको ठाउँमा इन्स्पेक्टर त ल्याएको छैन : गृहमन्त्री लेखक

मेरोन्यूज २०८१ साउन १७ गते १५:१४

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरुवा गरेर डीआईजीको ठाउँमा डीआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डीआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन्।

बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डीआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन्।

‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ। बढुवा पनि हुन्छ। निरन्तरको प्रक्रिया हो। सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर। तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ,’ उनले भने, ‘जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो। र योग्यतम ठाउँमा पुग्नुभएको छ। किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि। प्रहरी राम्रो बनाउनु पर्‍यो।’

‘राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयोरु अनि फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डीआईजी गएर इन्सपेक्टर त आएको होइन होला नि,’ उनले भने, ‘अर्को डीआईजी आएको होला नि। त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रुपमा लिइदिनु हुन म हात जोडेर प्रार्थना गर्छु।’

प्रतिक्रिया