उपप्रधानमन्त्री सिंहलाई भेट्न मेयर बालेन गरे बहिष्कार

काठमाडौं । बिहीबार दिउँसो उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटघाट कार्यक्रम मन्त्रालयमै राखेका थिए ।
फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनसहितको टोली सिंहलाई भेट्न सिंहदरबार छिरेको थियो । तर उक्त फोरमका सदस्यका रुपमा रहेका काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर दुवैजना उक्त भेटघाटमा सहभागी भएनन् ।
सिंहदरबारमा मेयर्स फोरमका सदस्य र उपप्रधानमन्त्री सिंहबीच वार्ता चलिरहँदा काठमाडौंका मेयर बालेन्द्र र उपमेयर सुनिता भने २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा निर्माण पूरा भएको मौलिक शैलीको वडा भवन उद्घाटमा व्यस्त थिए ।
उपत्यका मेयर्स फोरमका अध्यक्ष महर्जन र काठमाडौंका मेयर साहबीच यसअघि पनि अनमनको अवस्था थियो । साहले एक कार्यक्रममा आफूलाई पहिले बोल्न नदिएको भनेपछि महर्जनसँग नोकझोंक भएको थियो । त्ययसता साह उपत्यका मेयर फोरमममा सक्रिय छैनन्।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया