‘रावायण’ को टिजर सार्वजनिक, एक्शन अवतारमा पल

काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को टिजर सार्वजनिक गरिएको छ ।
संवादविहीन टिजर एक्शनले भरिएको छ । दोहोरो भूमिकामा रहेका पल शाह एक्सन फिल्ममा एक्शन अवतारमा रहेको टिजरबाट बुझ्न सकिन्छ । पल एउटा भूमिकामा लामो दाह्री-जुँगा र कपालमा देखिएका छन् भने अर्को भूमिकामा ‘क्लिनसेभ’ मा देखिएका छन् । फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह र प्रदीप ढकाल नकारात्मक भूमिकामा रहेका छन् ।
त्यस्तै फिल्ममा अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा रहेकी छन् । अभिनेत्रीद्वय प्रियंका कार्की र नीकिता चाण्डकलाई पनि टिजरमा देख्न सकिन्छ ।
त्यस्तै फिल्ममा कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, रोजिता पराजुली लगायतको पनि अभिनय रहेको छ । त्यस्तै फिल्म ‘रावायण’मा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत र रामजी लामिछानेको कोरियोग्राफी एवं श्री श्रेष्ठको द्वन्द्व छ । फिल्म आगामी भदौ २१ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।
टिजर- https://www.youtube.com/watch?v=J_j6ff23a4U
















सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया