क्यानले गर्यो नेपाल प्रिमियर लिगको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजनाको तयारी सुरु गरेको छ । क्यानले शुक्रबार लिगमा प्रतिस्पर्धा गर्ने टोलीको स्वामित्व ग्रहण गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । सूचनाअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले १५ दिनभित्र आफ्नो कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । लिगमा आफ्नो टोली खरिद गर्न चाहने कम्पनी कानुनी रूपमा नेपालमा दर्ता भएको हुनुपर्ने क्यानले जनाएको छ । विदेशी कम्पनीको हकमा नेपालमा रहेको कम्पनीसँग ‘ज्वाइन्ट भेन्चर’का रूपमा आबद्ध हुनुपर्नेछ ।
१५ दिनमा परेका आवेदनको अध्ययनपछि योग्य कम्पनीलाई क्यानले नेपाल प्रिमियर लिग टोलीको स्वामित्व दिनका लागि सम्झौता हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । टोलीको स्वामित्व लिने कम्पनीसँग क्यानले रकम लिनेछ । टोली छनोट भएपछि खेलाडी अक्सनलगायतका बाँकी प्रक्रिया क्यानले अघि बढाउने लामाले बताए । क्यानको कार्यसमितिले नेपाल प्रिमियर लिगको सञ्चालनका लागि सचिव पारस खड्कालाई जिम्मेवारी दिएको छ ।
मंसिर–पुसमा लिग
क्यानले नेपाल प्रिमियर लिग मंसिर–पुसमा आयोजना गर्ने तयारी गरेको छ । त्यसअघि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत सेप्टेम्बरमा क्यानडामा र अक्टोबरमा अमेरिकामा सिरिज खेल्दै छ । सेप्टेम्बरमा क्यानडा, नेपाल र ओमानबीच एकदिवसीय त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ । अमेरिकाले अक्टोबरमा घरेलु मैदानमा नेपाल र साबिक विजेता स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज आयोजना गर्नेछ । सिरिजपछि नेपाल प्रिमियर लिगका लागि समय मिलाउन क्यानले कोसिस गरिरहेको लामाले बताए । क्यानले लिगलाई ६ वटा सहरको नाममा ६ टोलीलाई प्रतिस्पर्धा गराउनेछ ।
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया