नयाँ पर्यटकीय गन्तव्य धाप ड्याम (तस्बिरहरु)

काठमाडौँ । पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकहरुको नयाँ गन्तब्य बन्दै गएको छ।
ड्याम करिब १३ हेक्टरमा फैलिएको छ । ड्याम अवलोकन गर्न आउने पर्यटकहरूले तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजन अनुसार विभिन्न हिमश्रृंखलाहरू र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृष्यहरूको समेत अवलोकन गर्न सक्नेछन् ।
धाप बाँध पुग्न शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ । यहाँ जनका लागि सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै जान सकिन्छ भने त्यसै गरी कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी मन्दिरको दर्शन गर्दै बीच बाटोमै पर्ने मडिचुड दहको अवलोकन गर्दै पनि जान सकिन्छ ।
त्यसै गरी धाप ड्याम बाट ३ किलोमिटरको दूरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना खाजा खाएर पुन काठमाडौं फर्कन सकिन्छ ।
चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको हुनाले आफ्नै सवारी साधनको प्रयोग गरेर पनि धाप ड्याम पुग्न सकिन्छ ।
त्यसैगरी, चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ ।
धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, मोटरसाइकल–स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरि २५० रुपैयाँ तिर्नुपर्छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया