नयाँ पर्यटकीय गन्तव्य धाप ड्याम (तस्बिरहरु)

काठमाडौँ । पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकहरुको नयाँ गन्तब्य बन्दै गएको छ।
ड्याम करिब १३ हेक्टरमा फैलिएको छ । ड्याम अवलोकन गर्न आउने पर्यटकहरूले तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजन अनुसार विभिन्न हिमश्रृंखलाहरू र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृष्यहरूको समेत अवलोकन गर्न सक्नेछन् ।
धाप बाँध पुग्न शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ । यहाँ जनका लागि सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै जान सकिन्छ भने त्यसै गरी कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी मन्दिरको दर्शन गर्दै बीच बाटोमै पर्ने मडिचुड दहको अवलोकन गर्दै पनि जान सकिन्छ ।
त्यसै गरी धाप ड्याम बाट ३ किलोमिटरको दूरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना खाजा खाएर पुन काठमाडौं फर्कन सकिन्छ ।
चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको हुनाले आफ्नै सवारी साधनको प्रयोग गरेर पनि धाप ड्याम पुग्न सकिन्छ ।
त्यसैगरी, चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ ।
धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, मोटरसाइकल–स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरि २५० रुपैयाँ तिर्नुपर्छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)









एनपीएलमा जनकपुरको पहिलो जित
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
अरूका झुटा भाष्यका पछाडि नलाग्न जेनजी युवालाई गृहमन्त्री अर्यालको आग्रह
डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
धनुषाबाट करीब १३ लाख ७० हजारकाे काजु बरामद
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया