सिमेन्ट उत्पादक संघको नेतृत्वमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनबाट नेतृत्वमा रघु नन्दन चुनिएका हुन्।
संघको २०औँ वार्षिक साधारणसभाले आगामी ३ वर्षको लागि मारुलाई अध्यक्षमा चयन गरेको हो। अध्यक्ष मारु विगत लामो समयदेखि सिमेन्ट उद्योगमा आबद्ध छन्।
नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दिर्घकालीन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापनजस्ता कुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबी सहकार्य गरी अघि बढ्ने अध्यक्ष मारुले प्रतिबद्धता जनाएका छन्।
सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिइ यस क्षेत्रमा देखा परेका चुनढुंगा उत्खनन्, वन, विद्युत, बैंकिङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरुसँग समन्वय गर्दै अघि बढ्नेसमेत अध्यक्ष मारुले बताए।
नेपाल सिमेन्ट उत्पादक संघको २०औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको चयन गरिएको थियो।
नयाँ कार्यसमितिको अध्यक्षमा रघु नन्दन निर्वाचित हुँदा नि. अध्यक्ष धुव्र थापा, उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिव राजाराम खड्का तथा कोषाध्यक्षमा अरुण कर्ण रहेका छन्।
















नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया