के तपाइकाे कपाल झर्छ ? यस्ता छन कारण र रोकथाम तथा उपचार

के तपाई बारम्बार कपाल झरेर चिन्तित बन्नु भएको छ ? उमेर नपुग्दै कपाल झर्दा आफूमा बुढ्यौलीले छोयो भन्ने तनाब त हुनुहुन्न ? निश्चिय पनि उमेरसँगै मानिसको कपाल पनि पातलो हुँदै जान्छ । तर, युवा अवस्थामै अधिकांश कपाल झरेको छ भने यो रोग हुन सक्छ ।
कपाल झर्नुको विभिन्न कारण हुन्छन् ।
हामी बच्चादेखि वयस्क हुँदै बृद्ध अवस्थामा पुगे जस्तै हाम्रो कपालको पनि आयु हुन्छ । यसको पनि तीन/तीन महिनाको आफ्नै चक्र हुन्छ ।
यी हुन कपाल झर्नुका कारणः
अत्याधिक चिन्ता
न्युट्रिशनको अभाव
थाइराइड तथा सुगर
शरीरमा रक्त अल्पता
शरिरमा विकिरणको प्रभाव
हार्माेनल तथा इन्डो प्रिडलका कारण
रोकथाम तथा उपचार
सर्वप्रथम हामीले कपाल झर्नाका कारण पहिचान गर्नुपर्दछ । यसैगरि हामीले बजार खानेकुरा जथाभावी खाना नखाई प्रोटिनयुक्त खानाको प्रयोग गर्नुपर्दछ । दैनिक खानामा दुध, अण्डा तथा केरा खादा हाम्रो शरीरमा पौष्टिक आहाराको कमी हुदैन ।
बजारमा उपलब्ध औषधिको प्रयोगद्धारा कपालको जरा मजबुत बनाउन सकिन्छ । चाँयाको कारण पनि कपाल झर्ने हुदा चाँयाबाट जोगिनुपर्छ । चायाँबाट बच्न दैनिक नुहाउने तथा सरसफाइमा विशेष ध्यान दिनु पर्दछ ।
थाइराइड, सुगर तथा क्यान्सरका कारण पनि कपाल झर्ने हुदा हामीले समय समयमा शरीर परीक्षण गर्नुपर्छ । यसैगरि, विभिन्न औषधि तथा स्याम्पुहरुको प्रयोगका कारण कपाल झर्ने भएकोले त्यस्ता सामाग्रीहरु प्रयोग गर्नुपुर्व सम्बन्धित चिकित्सकसँग परामर्श लिनु पर्दछ ।
कपाल अत्याधिक झरेमा नयाँ पद्धति पिआरपि नामक पद्धति अपनाउन सकिन्छ । यस अन्र्तगत आफ्नै शरीरको रगत निकाली त्यसमा भएको ग्रोथ फ्याक्टरलाई कपालमा इन्जेक्ट गरिन्छ । जसले नयाँ कपाल उमार्न मद्दत गर्दछ ।
















लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया