के तपाइकाे कपाल झर्छ ? यस्ता छन कारण र रोकथाम तथा उपचार

के तपाई बारम्बार कपाल झरेर चिन्तित बन्नु भएको छ ? उमेर नपुग्दै कपाल झर्दा आफूमा बुढ्यौलीले छोयो भन्ने तनाब त हुनुहुन्न ? निश्चिय पनि उमेरसँगै मानिसको कपाल पनि पातलो हुँदै जान्छ । तर, युवा अवस्थामै अधिकांश कपाल झरेको छ भने यो रोग हुन सक्छ ।
कपाल झर्नुको विभिन्न कारण हुन्छन् ।
हामी बच्चादेखि वयस्क हुँदै बृद्ध अवस्थामा पुगे जस्तै हाम्रो कपालको पनि आयु हुन्छ । यसको पनि तीन/तीन महिनाको आफ्नै चक्र हुन्छ ।
यी हुन कपाल झर्नुका कारणः
अत्याधिक चिन्ता
न्युट्रिशनको अभाव
थाइराइड तथा सुगर
शरीरमा रक्त अल्पता
शरिरमा विकिरणको प्रभाव
हार्माेनल तथा इन्डो प्रिडलका कारण
रोकथाम तथा उपचार
सर्वप्रथम हामीले कपाल झर्नाका कारण पहिचान गर्नुपर्दछ । यसैगरि हामीले बजार खानेकुरा जथाभावी खाना नखाई प्रोटिनयुक्त खानाको प्रयोग गर्नुपर्दछ । दैनिक खानामा दुध, अण्डा तथा केरा खादा हाम्रो शरीरमा पौष्टिक आहाराको कमी हुदैन ।
बजारमा उपलब्ध औषधिको प्रयोगद्धारा कपालको जरा मजबुत बनाउन सकिन्छ । चाँयाको कारण पनि कपाल झर्ने हुदा चाँयाबाट जोगिनुपर्छ । चायाँबाट बच्न दैनिक नुहाउने तथा सरसफाइमा विशेष ध्यान दिनु पर्दछ ।
थाइराइड, सुगर तथा क्यान्सरका कारण पनि कपाल झर्ने हुदा हामीले समय समयमा शरीर परीक्षण गर्नुपर्छ । यसैगरि, विभिन्न औषधि तथा स्याम्पुहरुको प्रयोगका कारण कपाल झर्ने भएकोले त्यस्ता सामाग्रीहरु प्रयोग गर्नुपुर्व सम्बन्धित चिकित्सकसँग परामर्श लिनु पर्दछ ।
कपाल अत्याधिक झरेमा नयाँ पद्धति पिआरपि नामक पद्धति अपनाउन सकिन्छ । यस अन्र्तगत आफ्नै शरीरको रगत निकाली त्यसमा भएको ग्रोथ फ्याक्टरलाई कपालमा इन्जेक्ट गरिन्छ । जसले नयाँ कपाल उमार्न मद्दत गर्दछ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया