८ वर्षपछि चलचित्रमा राजेश हमालकाे ‘कमब्याक’
मेरोन्यूज
२०८१ साउन २१ गते ११:५६

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका अभिनेता राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल्ड फिल्ममा हमाल अनुबन्धित भएका हुन् ।
आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबिच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् । उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’
पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात् महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । म्युजिक भिडियोमा भने देखिइरहेका थिए। एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।
आगामी भदौ महिनाबाट छायाङ्कनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षको भनाइ छ ।
सम्बन्धित










सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया