८ वर्षपछि चलचित्रमा राजेश हमालकाे ‘कमब्याक’
मेरोन्यूज
२०८१ साउन २१ गते ११:५६

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका अभिनेता राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल्ड फिल्ममा हमाल अनुबन्धित भएका हुन् ।
आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबिच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् । उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’
पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात् महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । म्युजिक भिडियोमा भने देखिइरहेका थिए। एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।
आगामी भदौ महिनाबाट छायाङ्कनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षको भनाइ छ ।
सम्बन्धित
















सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया