आइतबार, चैत ८, २०८२

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

मेरोन्यूज २०८१ साउन २१ गते १७:३७

काठमाडौँ । नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र आफ्नो पार्टनर मिट Relationship, Accelerating Success नारामा सम्पन्न गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरि रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो। 

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइरहेको अवस्थामा अगिलो वर्षको समीक्षा आगामी दिनको रोड म्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको  छ। कम्पनी, Stakeholders (Partners , Retailers , Private Garage Mechanics) र ग्राहकबीचको सम्बन्ध अझै मजबुत बनाई प्रगतितर्फ अग्रसर हुनुपर्ने धारणा व्यक्त भएको कम्पनीले जनाएको छ।

कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो। 

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन।  सबै मिलेर एकजुट भएर समस्यालाई पछाडि राखेर अगाडि बढ्नु पर्नेछ।  हाम्रो सम्बन्धलाई अझै मजबुत बनाइराख्न मेरो टिम हरदम तयार र प्रतिबद्ध छ। हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गर्दैछौं। यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुनेछ।’

प्रतिक्रिया