बिहीबार, पुष १७, २०८२

नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

मेरोन्यूज २०८१ साउन २२ गते १८:५४

काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।

नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।
 

प्रतिक्रिया