पेरिस ओलम्पिकमा ७६ देशले जिते पदक, अमेरिका शिर्ष स्थानमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७६ देशले पदक जितेका छन् । मंगलबार सम्पन्न खेलपछि ४८ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७६ देशले पदक जितेका छन् ।
जसमा अमेरिका २४ स्वर्ण, ३१ रजत र ३१ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २२ स्वर्ण, २१ रजत र १६ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै अस्ट्रेलिया १४ स्वर्ण, १२ रजत र ९ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स १३ स्वर्णसहित १६ रजत र १९ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १५ रजत र १९ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले ११ स्वर्णसहित ६ रजत र १२ काश्य पदक जितेको छ ।
त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ७ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ८ स्वर्ण, ५ रजत र ६ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ८ स्वर्ण, ५ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ । त्यस्तै आयरल्याण्डले ४ स्वर्ण र ३ काश्य पद जितेको छ ।
त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी र स्विडेनले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, ग्रिस. दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, क्युबा, ग्वाटेमाला, बहराइन, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, अस्ट्रिया, इरान, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।
















जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया