‘वन्यजन्तुलाई वनभित्रै आहारा व्यवस्थापन गर्न फलफूल जङ्गल’

बनियानी (झापा) । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सरकारले फलफूल जङ्गलको अवधारणा अघि सारेको बताउनुभएको छ ।
झापाको अर्जुनधारामा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले यो वर्षदेखि फलफूल जङ्गल (फ्रुट फरेष्ट)को अवधारणाका लागि मन्त्रालयले बजेटसमेत् छुट्याएको जानकारी दिए । उनले भने, “वन क्षेत्रका वन्यजन्तुलाई वनभित्रै आहार व्यवस्थापन गर्ने सोचका साथ यो अवधारणा अघि सारिएको हो ।”
वन जङ्गलमा पाइने विशेष प्रकृतिका फलफूल संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । वनमा आश्रित पशुपन्छीको आहारा व्यवस्थापनका लागि यसै वर्षदेखि सुरु गरेको पशुपन्छी बास बगैँचा कार्यक्रमको प्रशंसा गर्दै उनले भने, “मान्छेले मात्र होइन, सबै पशुपन्छीले खान पाउनुपर्छ ।”
पर्यावरणको संरक्षण गर्न नसके सबै जीवको अस्तित्व सङ्कटमा पर्ने भएकाले पर्यावरण संरक्षणमा उनले जोड दिए । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले सामुदायिक वनबाट निस्किने जङ्गली जनावर तथा चराचुरुङ्गीले आसपासका किसानले लगाएको बालीमा क्षति पु(याउँदै आएकाले सोको न्यूनीकरण गर्न सामुदायिक वनमा पशुपन्छीमैत्री बिरुवा रोप्ने अभियान सुरु गरिएको बताए ।
“पशुपन्छी खानाको खोजीमा बस्ती पस्दा किसानलाई नोक्सान हुने गरेको छ”, उनले भने, “पशुपन्छीलाई वनभित्रै आहाराको व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेका छौँ ।” पशुपन्छी बास बगैँचा कार्यक्रमका लागि नगरले रु १० लाख बजेट छुट्याएको उनले बताए ।
वन परिसरभित्र उपसभामुख राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, नगरप्रमुख गोम्देन, नेपाली सेनाका सहायक रथी युवधिरमानसिंह अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु बस्नेत, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रपसाद प्रसाईंलगायतले वृक्षरोपण गरेका थिए ।
नगरको ‘पशुपन्छी बास–बगैँचा कार्यक्रम’ का लागि नेपाली सेनाको अरिदमन गणले अमला, तित्री, हर्रो, बर्रो, अम्बक, लिच्ची र जामुनको दुई हजार बोट बिरुवा प्रदान गरेको छ । नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।
















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया