महिलाहरूमा प्रोटिनको कमीले देखिने लक्षणहरू

एक सामान्य महिलालाई हरेक दिन कम्तीमा ५० ग्राम प्रोटिन चाहिन्छ । प्रत्येक ग्राम प्रोटिनले ४ क्यालोरी ऊर्जा उत्पादन गर्छ । यसबारे हरेक महिला सचेत हुनुपर्छ र आफ्नो खानपानलाई पनि त्यही अनुसार कायम राख्नुपर्छ ।
धेरैजसो महिलाहरूलाई प्रोटिनको फाइदाहरूको बारेमा विस्तृत जानकारी हुँदैन । किनभने उनीहरूले डाक्टरबाट लिखित निर्देशन नआएसम्म आफूलाई ध्यान दिँदैनन् ।
तर महिलाले आफ्नो खानपिनको ख्याल गर्नु निकै जरुरी हुन्छ । प्रोटिनको कमीका कारण महिलाहरूको मांसपेशीमा हानि हुन सक्छ । मिर्गौला सम्बन्धी समस्या वा चिडचिडापन पनि प्रोटिनको कमीको सङ्केत हुन सक्छ । यदि प्रोटिनको मात्रा धेरै भयो भने यसले तौल बढ्न सक्छ । आहारमा पर्याप्त मात्रामा प्रोटिनले यी समस्याबाट छुटकारा पाउन सक्छ ।
प्रोटिनले मांसपेशीलाई, शरीरमा अक्सिजन र रगत प्रवाह गर्ने, पाचन राम्रो बनाउने, कोलेस्ट्रोल कम गर्ने, कपाल, नङ, हड्डी र छालाको निर्माणमा सहयोग गर्छ । यसको लागि शरीरमा पर्याप्त मात्रामा प्रोटिन हुनुपर्छ । केही लक्षणहरूले शरीरमा प्रोटिनको कमी भएको लक्षणहरू देखाउँछ ।
लक्षणहरू
छिटो थकान महसुस हुने ।
छिटो भोक लाग्ने ।
धेरै मुड परिवर्तन भइरहने ।
हातखुट्टा सुनिने ।
छिटो छिटो बिरामी हुने ।
कपाल र नङ कमजोर हुने ।
छाला सुख्खा हुने ।
–एजेन्सीको सहयोगमा
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया