बुधबार, वैशाख १६, २०८३

पाँच प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी

मेरोन्यूज २०८१ साउन २६ गते ९:१३

काठमाडौँ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी छ। पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको ‘क्लोज क्याम्प’को आज दोस्रो दिन हो। रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरूका लागि काठमाडौँमा दुई दिने ‘क्लोज क्याम्प’ गरेको थियो।

Advertisement
NiccNicc

सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी ‘क्लोज क्याम्प’मा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रतिक्रिया