‘मेराे र ऐश्वर्याको डिभोर्स हुँदैछ’, अभिषेक बच्चनको डिपफेक भिडियो भाइरल

काठमाडौं । केही समययता बलिउड अभिनेता अभिषेक बच्चन र उनकी श्रीमती ऐश्वर्या राय बच्चनको सम्बन्ध राम्रो नभएको चर्चा भइरहेको छ । उनीहरुको सम्बन्धविच्छेदको खबर पनि बाहिर आएको छ ।
यसैबीच सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ जसमा अभिषेक बच्चनले ऐश्वर्या रायसँग डिभोर्सको घोषणा गरिरहेका छन् ।
यस भिडियोमा अभिनेता भन्छन्, ‘यस जुलाईमा ऐश्वर्या र मैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छौं । पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेनन् । तर, आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु ।’
तर, अनुसन्धानमा यो भिडियो नक्कली भएको खुलेको छ । यसमा अभिषेक लिप सिङ्किङसँग पटक्कै मेल खाइरहेका छैनन् । यो भाइरल भिडियो एआई प्रविधि वा कुनै अनलाइन उपकरण प्रयोग गरेर बनाइएको बताइएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो भिडियोको निन्दा गरेका छन् ।











तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया