पेरिस ओलम्पिक : यी हुन् सबैभन्दा बढी पदक जीत्ने १० देश

फ्रान्स। पेरिस ओलम्पिकको समापन समारोह आज हुँदैछ ।
एक रोमाञ्चक खेलहरूको मनोरञ्जनात्मक प्रस्तुति दिएर सो समारोहको अन्त्य गरिनेछ ।
सो समापन समारोह पेरिसको स्थानीय समय अनुसार करिब साँझ ६ बजेसम्म तीन घण्टा चल्ने बताइएको छ । टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ।
अर्को ओलम्पिक खेल लस एन्जल्स अमेरिकामा २०२८ मा हुनेछ ।
यस ओलम्पिक खेलमा एसियाली देश चीन पहिलो नम्बरमा छ भने एसियाका जापान र दक्षिण कोरिया पद जीत हासिल गर्ने उत्कृष्ट १० मा परेका छन भने अफ्रिका र दक्षिण अमेरिकाका देश भने शिर्ष १० मा अटाउन असफल भएका छन् ।
हालसम्मको नतिजा अनुसार सबैभन्दा बढी स्वर्ण पदक जितेर चीन पहिलो स्थानमा छ । उसले ३९ स्वर्ण, २३ रजत र २४ काँस्य पदकसहित ९० वटा पदक जितेर पहिलो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण जित हासिल गरेको छ भने ४२ रजत र ४२ काँस्य गरी उसले १२२ वटा पदक जितिसकेको छ । पदक संख्याको हिसाबले अमेरिका पहिलो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ५० वटा पदक जितको छ । जसअनुसार १८ स्वर्ण, १८ रजत र १४ काँस्य पदक रहेका छन भने चौथों स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ काँस्यसहित ४३ पदक जीत हासिल गरेको छ ।
६२ पदकसहित पाँचौं स्थानमा रहेको फ्रान्सले १६ स्वर्णसहित २४ रजत र २२ काँस्य पदक जीत हासिल गर्न सफल भएको छ । आयोजक फ्रान्स पछि छैटौं नम्बरमा रहेको बेलायतले १३ स्वर्ण, २२ रजत र २७ काँस्यसहित ६३ पदक जितेको छ ।
सातौं स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ८ काँस्य पदकसहित कुल ३० पदक जीत हासिल गरेको छ भने आठौं नम्बरमा रहेको नेदरल्याण्डले १३ स्वर्णसहित ७ रजत र १२ काँस्य गरी ३२ पदक जीत हासिल गरेका छन् ।
जर्मनी कुल ३१ पदकसहित नवौं स्थानमा रहेको छ, जसले १२ स्वर्ण, ११ रजत र ३ काँस्य पदक जितेको छ भने १० औं स्थानमा रहेको इटालीले ११ स्वर्ण, १३ रजत र १५ काँस्यसहित ३९ पदकमा बिजयी हासिल गरेका छन् ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया