पेरिस ओलम्पिक : यी हुन् सबैभन्दा बढी पदक जीत्ने १० देश

फ्रान्स। पेरिस ओलम्पिकको समापन समारोह आज हुँदैछ ।
एक रोमाञ्चक खेलहरूको मनोरञ्जनात्मक प्रस्तुति दिएर सो समारोहको अन्त्य गरिनेछ ।
सो समापन समारोह पेरिसको स्थानीय समय अनुसार करिब साँझ ६ बजेसम्म तीन घण्टा चल्ने बताइएको छ । टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ।
अर्को ओलम्पिक खेल लस एन्जल्स अमेरिकामा २०२८ मा हुनेछ ।
यस ओलम्पिक खेलमा एसियाली देश चीन पहिलो नम्बरमा छ भने एसियाका जापान र दक्षिण कोरिया पद जीत हासिल गर्ने उत्कृष्ट १० मा परेका छन भने अफ्रिका र दक्षिण अमेरिकाका देश भने शिर्ष १० मा अटाउन असफल भएका छन् ।
हालसम्मको नतिजा अनुसार सबैभन्दा बढी स्वर्ण पदक जितेर चीन पहिलो स्थानमा छ । उसले ३९ स्वर्ण, २३ रजत र २४ काँस्य पदकसहित ९० वटा पदक जितेर पहिलो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण जित हासिल गरेको छ भने ४२ रजत र ४२ काँस्य गरी उसले १२२ वटा पदक जितिसकेको छ । पदक संख्याको हिसाबले अमेरिका पहिलो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ५० वटा पदक जितको छ । जसअनुसार १८ स्वर्ण, १८ रजत र १४ काँस्य पदक रहेका छन भने चौथों स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ काँस्यसहित ४३ पदक जीत हासिल गरेको छ ।
६२ पदकसहित पाँचौं स्थानमा रहेको फ्रान्सले १६ स्वर्णसहित २४ रजत र २२ काँस्य पदक जीत हासिल गर्न सफल भएको छ । आयोजक फ्रान्स पछि छैटौं नम्बरमा रहेको बेलायतले १३ स्वर्ण, २२ रजत र २७ काँस्यसहित ६३ पदक जितेको छ ।
सातौं स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ८ काँस्य पदकसहित कुल ३० पदक जीत हासिल गरेको छ भने आठौं नम्बरमा रहेको नेदरल्याण्डले १३ स्वर्णसहित ७ रजत र १२ काँस्य गरी ३२ पदक जीत हासिल गरेका छन् ।
जर्मनी कुल ३१ पदकसहित नवौं स्थानमा रहेको छ, जसले १२ स्वर्ण, ११ रजत र ३ काँस्य पदक जितेको छ भने १० औं स्थानमा रहेको इटालीले ११ स्वर्ण, १३ रजत र १५ काँस्यसहित ३९ पदकमा बिजयी हासिल गरेका छन् ।
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया