छोराको जन्मदिनमा दिए सिटिजन जीवन सारथी बीमा योजना उपहार

काठमाडौं । जन्मदिन मनाउने विभिन्न तरिका र शैली छन् । पछिल्लो समय बीमा योजना उपहार दिएर जन्मदिन मनाउन थालिएको छ । लाखौं खर्च गरी विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा जोखिम र बचत दुवै प्रवृत्तिको विकास हुन थालेको छ ।
यसैक्रममा, तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ स्थायी ठेगाना भइ पञ्चपरी नगरपालिका -४ बरैचे सुर्खेतमा बस्दै आएका धर्मराज उपाध्याय (लम्साल)ले बीमा योजना खरिद गरी आफ्नो छोरालाई उपहार दिएका छन् ।
सिटिजन लाइफ इन्स्योन्स कम्पनी लिमिटेड सुर्खेत शाखामा कार्यरत एजेन्सी म्यानेजर लक्ष्मी प्रसाद लम्साल मार्फत धर्मराजले छोरा कपिल लम्साललाई सिटिजन जीवन सारथी बीमा योजना उपहार दिएका हुन् ।
साउन २७ गते आइतबार कपिल लम्सालको जन्मदिनको अबसरमा सिटजन लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेत शखाका शाखा प्रबन्धक नम बहादुर खड्काले उक्त बीमा योजना हस्तारण गरे ।
पाँच लाख बीमाङ्कको उक्त योजना २० वर्ष अवधि राखिएको छ । २० वर्ष पछि बीमित कपिलले बीमाङ्क र बाेनस पाउनेछन् । जीवितै रहेको अवस्थामा बीमा भने ९० वर्षसम्म हुनेछ । ७० वर्ष पुगेपछि बीमित लम्सालले पेन्सन पनि पाउनेछन् ।
















कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया