बिहीबार, वैशाख १८, २०८२

छोराको जन्मदिनमा दिए सिटिजन जीवन सारथी बीमा योजना उपहार

मेरोन्यूज २०८१ साउन २८ गते १३:११

काठमाडौं । जन्मदिन मनाउने विभिन्न तरिका र शैली छन् । पछिल्लो समय बीमा योजना उपहार दिएर जन्मदिन मनाउन थालिएको छ । लाखौं खर्च गरी विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा जोखिम र बचत दुवै प्रवृत्तिको विकास हुन थालेको छ ।

यसैक्रममा, तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ स्थायी ठेगाना भइ पञ्चपरी नगरपालिका -४ बरैचे सुर्खेतमा बस्दै आएका धर्मराज उपाध्याय (लम्साल)ले बीमा योजना खरिद गरी आफ्नो छोरालाई उपहार दिएका छन् ।

सिटिजन लाइफ इन्स्योन्स कम्पनी लिमिटेड सुर्खेत शाखामा कार्यरत एजेन्सी म्यानेजर लक्ष्मी प्रसाद लम्साल मार्फत धर्मराजले छोरा कपिल लम्साललाई सिटिजन जीवन सारथी बीमा योजना उपहार दिएका हुन् ।

साउन २७ गते आइतबार कपिल लम्सालको जन्मदिनको अबसरमा सिटजन लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेत शखाका शाखा प्रबन्धक नम बहादुर खड्काले उक्त बीमा योजना हस्तारण गरे ।

पाँच लाख बीमाङ्कको उक्त योजना २० वर्ष अवधि राखिएको छ । २० वर्ष पछि बीमित कपिलले बीमाङ्क र बाेनस पाउनेछन् । जीवितै रहेको अवस्थामा बीमा भने ९० वर्षसम्म हुनेछ । ७० वर्ष पुगेपछि बीमित लम्सालले पेन्सन पनि पाउनेछन् ।

प्रतिक्रिया