गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी (भिडियाे)
नवलपुर (नवलपरासी)। गैँडाकोटका ६३ वर्षीय किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिकरुपमा झण्डै रु दुई लाख आम्दानी गर्दै आएका छन् ।
रिमालले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ वैकुण्ठपथमा तीन वर्ष अगाडि सुरु गर्नुभएको गँड्यौलापालनबाट दुई महिनामा करिब रु तीन लाख ६० हजार आम्दानी गर्ने गरेको बताए । उनले एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गरेको बताए ।
एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा गड्यौले मल तयार हुने भन्दै प्रतिब्याड दुई महिनामा रु ३० हजार आम्दानी भइरहेको रिमालले बताए । एउटा ब्याडमा दुई ट्रयाक्टर मल, श्रमिकको ज्याला, प्याकिङ प्लाष्टिकसहित करिब रु १५ हजार लागनी हुने भन्दै ब्याडबाट दुई महिनाभित्र कम्तिमा १२ क्विन्टल मल उत्पादन हुँदै आएको रिमालले बताए ।
रिमालकाअनुसार उनले प्रतिकिलो रु २५ का दरले गड्यौले मल बिक्री गर्दै आएका छन् । उनले गैँडाकोटमा उत्पादन गरेको गड्यौले मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको भन्दै केही मल गोरखा, चितवनलगायतका जिल्लामा समेत बिक्री गर्दै आएको जानकारी दिए । उत्पादन भएको एक वर्षसम्म गड्यौले मलमा विभिन्न १६ प्रकारका तत्वहरु रहने भन्दै कृषकले एक वर्षसम्म गड्यौले मल प्रयोग गर्न सक्ने बताए ।
पोखराबाट प्रतिकिलो रु दुई हजार पाँच सयका दरले ल्याएको तीन किलो गँड्यौलाबाट व्यवसायिक रुपमा गँड्यौलापालन सुरु गरेको स्मरण गर्दै रिमालले आफूले तालिम बिनानै गँड्यौलापालन सुरु गरेको बताए । अहिले गँड्यौलापालन गर्न इच्छुक कृषकका लागि आफूले प्रतिकिलो रु एक हजार पाँच सयमै गँड्यौला दिने भन्दै उनले कृषकहरुलाई गँड्यौलापालनबारे तालिम समेत निःशुल्क प्रदान गर्दै आएको बताए।


















व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया