गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी (भिडियाे)
नवलपुर (नवलपरासी)। गैँडाकोटका ६३ वर्षीय किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिकरुपमा झण्डै रु दुई लाख आम्दानी गर्दै आएका छन् ।
रिमालले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ वैकुण्ठपथमा तीन वर्ष अगाडि सुरु गर्नुभएको गँड्यौलापालनबाट दुई महिनामा करिब रु तीन लाख ६० हजार आम्दानी गर्ने गरेको बताए । उनले एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गरेको बताए ।
एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा गड्यौले मल तयार हुने भन्दै प्रतिब्याड दुई महिनामा रु ३० हजार आम्दानी भइरहेको रिमालले बताए । एउटा ब्याडमा दुई ट्रयाक्टर मल, श्रमिकको ज्याला, प्याकिङ प्लाष्टिकसहित करिब रु १५ हजार लागनी हुने भन्दै ब्याडबाट दुई महिनाभित्र कम्तिमा १२ क्विन्टल मल उत्पादन हुँदै आएको रिमालले बताए ।
रिमालकाअनुसार उनले प्रतिकिलो रु २५ का दरले गड्यौले मल बिक्री गर्दै आएका छन् । उनले गैँडाकोटमा उत्पादन गरेको गड्यौले मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको भन्दै केही मल गोरखा, चितवनलगायतका जिल्लामा समेत बिक्री गर्दै आएको जानकारी दिए । उत्पादन भएको एक वर्षसम्म गड्यौले मलमा विभिन्न १६ प्रकारका तत्वहरु रहने भन्दै कृषकले एक वर्षसम्म गड्यौले मल प्रयोग गर्न सक्ने बताए ।
पोखराबाट प्रतिकिलो रु दुई हजार पाँच सयका दरले ल्याएको तीन किलो गँड्यौलाबाट व्यवसायिक रुपमा गँड्यौलापालन सुरु गरेको स्मरण गर्दै रिमालले आफूले तालिम बिनानै गँड्यौलापालन सुरु गरेको बताए । अहिले गँड्यौलापालन गर्न इच्छुक कृषकका लागि आफूले प्रतिकिलो रु एक हजार पाँच सयमै गँड्यौला दिने भन्दै उनले कृषकहरुलाई गँड्यौलापालनबारे तालिम समेत निःशुल्क प्रदान गर्दै आएको बताए।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया