बुधबार, वैशाख १६, २०८३

भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद अस्वीकार्य : रास्वपा

मेरोन्यूज २०८१ साउन २९ गते १२:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ ।

Advertisement
NiccNicc

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो।

बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्नेकुरा कदाचित राजनीतिक दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए। ‘भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा भएको छ, यो कदाचित स्वीकार्य छैन’ उनले भने ।

प्रतिक्रिया