‘टाटा.ईभी प्रस्तुत नाडा अटो शो २०२४’ अगस्ट २७ देखि

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने नाडा अटो शो यस वर्ष यही अगस्ट २७ देखि १ सेप्टेम्बरसम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी दिएको छ ।
दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै आयोजना गर्न लागेको ‘नाडा अटो शो २०२४’ पहिलेभन्दा अझ भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको छ । नेपालका अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न आयोजना गरिने उक्त प्रदर्शनीको नाम यस वर्ष ‘टाटा.ईभी प्रस्तुत नाडा अटो शो २०२४’ राखिएको आयोजकले बताएका छन् ।
आयोजकका अनुसार, यसपटकको नाडा अटो शोको मुख्य प्रायोजकमा टाटा.ईभी, सर्भाे लुब्रिकेन्ट्स र शिखर इन्स्योरेन्स कम्पनी सह–प्रायोजकको रूपमा रहेका छन् ।
यस वर्षको प्रदर्शनीमा २४ चार–पाङ्ग्रे ब्रान्ड, १९ दुई–पाङ्ग्रे ब्रान्ड र १२ हल्का व्यावसायिक सवारीसाधनका ब्रान्डहरू प्रदर्शनीमा राखिनेछन् । साथै, ३३ कम्पनी लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको स्टल रहेछन् भने सातवटा स्टल वित्तीय संस्थाहरूको रहनेछन् । अटो शोमा ९५ प्रदर्शकहरूका करिब १ सय ३० स्टलमा विभिन्न ब्रान्डका उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिनेछ ।
नाडा अटो शो २०२४ मा हिरो जुम स्कुटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकेटिङ पार्टनरको रूपमा रहनेछ । त्यस्तै, वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ भने फायर सेफ्टीमा हिटको प्रालि रहनेछ । सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षाका लागि निगरानी गर्नेछ । प्रदर्शनीको व्यवस्थापनको जिम्मा ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस प्रा.लि. (जेम्स)ले पाएको छ ।
चाडपर्व नजिकिँदै गर्दा नाडा अटो शो २०२४ ले अटोमोबाइलप्रेमीहरूका लागि नयाँ मोडेलहरू, प्रविधिहरू र प्रवृत्तिहरू अन्वेषण गर्ने अनुपम अवसर प्रदान गर्ने विश्वास आयोजकको छ । आगन्तुकहरूले नयाँ ब्रान्ड र नवीन प्रविधिहरूसहितका सवारीसाधन खरिदका लागि निर्णय लिन आवश्यक जानकारी प्रदान गर्ने आइवजकले बताएका छन् ।
आगन्तुकहरूको सुविधाका लागि टिकटहरू अब खल्तीएपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । अग्रिम टिकट खरिदकर्ताहरूले २६ अगस्टसम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्नेछन् ।
त्यस्तै, मिडिया कभरेजलाई सहज बनाउन, प्रदर्शनीस्थलमा समर्पित मिडिया डेस्क उपलब्ध हुनेछ, जसले प्रदर्शनी सम्बन्धी सबै समाचारहरूलाई प्रभावकारी रूपमा संकलन र प्रसारण गर्नेछ । हाम्रो सडक सुरक्षा र ट्राफिक नियमहरूको प्रतिबद्धतालाई ध्यानमा राख्दै, प्रदर्शनीमा मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा ट्राफिक सूचना डेस्क पनि हुनेछ ।
यसपटकको नाडा अटो शोमा ७५ हजारभन्दा बढीले अवलोकन गर्ने दाबी आयोजकको छ ।यसपटक अतिरिक्त आकर्षणको रूपमा एक भाग्यशाली सहभागीले हिरो जुम स्कुटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिद्वारा प्रायोजन गरिएको छ ।







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया