नेपाल टेलिकमको आम्दानी ४४ अर्ब, २ अर्ब ८० करोड रुपैयाँले घट्यो

काठमाडौं । नेपाल टेलिकमको आम्दानी आ.व.२०८०/८१ मा २ अर्ब ८० करोड रुपैयाँले खुम्चिएको छ। कम्पनीले यस आ.व.मा कुल रु. ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार आम्दानी गरेको छ।
उक्त रकम गत आ.व. को कूल आय रु. ४४ अर्व ४२ करोड ३६ लाख १८ हजारको तुलनामा रु. २ अर्ब ८० करोड ६५ लाख (अर्थात् ६.३२ प्रतिशत) ले कमी भएको तथ्यांकले देखाएको छ।
यस आ.व. को कुल सञ्चालन आय ३४ अर्व ४६ करोड ११ लाख ३५ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु ३६ अर्ब २७ करोड १४ लाख ५० हजारको तुलनामा रु.१ अर्ब ८१ करोड ३ लाख १५ हजारको (अर्थात् ४.९९ प्रतिशत) ले कमी भएको टेलिकमले जनाएको छ।
कम्पनीको आम्दानी घटेसँगै नाफामा पनि उच्च कमी देखिएको छ। यस आ.व. को खुद मुनाफा रु. ६ अर्व ६१ करोड ७७ लाख ७६ हजार रहेकोछ भने उक्त रकम गत आ.व. को खुद मुनाफा रु. ७ अर्व ९२ करोड १ लाख ५५ हजारको तुलनामा रु.१ अर्ब ३० करोड २३ लाख ७८ हजार (अर्थात् १६.४४ प्रतिशत) ले कमी भएको देखिएको छ।
यस्तै यस आ.व. को कर अघिको मुनाफा रु.११ अर्व ३७ करोड ९८ लाख ४ हजार रहेको छ। उक्त रकम गत आ.व. को कर अघिको मुनाफा रु. ११ अर्व ८४ करोड २५ लाख ६२ हजारको तुलनामा रु. ४६ करोड २७ लाख ५७ हजार (अर्थात् ३.९१ प्रतिशत) ले कमी भएको छ।
कम्पनीको प्रति शेयर आम्दानी रु. ३६.७७ रहेको छ
कम्पनीले आम्दानी र नाफा कम हुनुमा विभिन्न कारणहरु देखाएको छ। जसमा प्रमुख सात मुख्य आधारहरुले आम्दानी र नाफा घटेको जिकिर गरेको छ।
टेलिकमकाअनुसार राजश्व तथा खुद मुनाफा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेको छ:-
ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आ.व. को तुलनामा करिब रु. १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी भएको । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको।
राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको।
सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको।
सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको छ।
कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु.२० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पौषदेखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १ अर्ब २९ करोड ७३ लाखले कमी भएको।
कम्पनीले चालु आ.व. देखि योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत डिफाइन्ड बेनिफिट अब्लिगेसनको लागि राखिएको डिफाइन्ड बेनिफिट एसेट्स (Defined Benefit Assets) मा चालु आ.व.मा रु. ४ अर्ब ८५ करोड रकम छुट्टाई नेपाल लेखामान १९ “इम्प्लोइ बेनिफिट” अनुसार एक्चुअल भ्यालुएसन गराई खर्च लेखाङ्कन गरेको ।
कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानी, नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखाङ्कन तथा Defined Benefit Assets मा रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको।










किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया