नेशनल प्याथ ल्यावको नवौं शाखा पोखरामा

काठमाडौं । नेपालकै अग्रणी अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटल चोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परिक्षणदेखि विशेष सेवा दिनेछ ।
सबै खाले परिक्षण पोखरामै सम्भव हुने गरी अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो ।
प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजीलगायतका विभाग छन् । मिर्गौला प्रत्यारोपण सम्बन्धि परिक्षण, बाथरोग (HLA B-27) MTB PCR,हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरकोसँगै अन्य क्यान्सरको परिक्षण र होलबडी परिक्षणको प्याकेजसमेत रहेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए । रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस÷इन्सेफ्लाइर्टस प्यानललगायतका परिक्षणको सुविधा नेशनल प्याथ ल्याबमा उपलब्ध छन् ।
वि।सं। २०६९ सालमा बुटवलबाट सुरु भएको नेशनल प्याथ ल्याबले पोखरासहित देशका नौै सहरमा शाखा विस्तार गरेको छ । काठमाडौं, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, धनगढी र पोखरामा प्रयोगशाला छन् । जसमध्ये काठमाडौं र बुटवल शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता पाएका प्रयोगशाला हुन् । काठमाडौं र बुटवलको प्रयोगशालाले NABL (ISO १५१८९:२०१२) मान्यता पाएका छन् । पोखरा शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा ‘बी’ ग्रेड मा सूचीकृत छ ।
संस्थाका अध्यक्ष रुद्रबहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि पोखरामा प्रयोगशाला स्थापना गरिएको बताए । ‘स्वास्थ्य परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना संकलन गर्ने व्यवस्था मिलाइएका छौं । बिरामीका आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सक्नेछन्’, कार्कीले भने ।
पोखरामा नेशनल प्याथ ल्याबले सेवा सुरु गरेसँगै अब प्रयोगशाला सम्बन्धि परिक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । नमुना परिक्षण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत प्रभावित हुने अध्यक्ष कार्की बताउँछन् ।
प्रयोगशालामा आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि निःशुल्क जाँचको व्यवस्था मिलाइएकोे पोखरा शाखा प्रमुख अच्युतराज अधिकारीले बताए । ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उनले जानकारी दिए ।

















उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया