बौद्धमा गाईजात्रा तथा रोपाइँजात्रा आगामी भदौ ५ गते हुने
मेरोन्यूज
२०८१ साउन ३२ गते १७:०३

काठमाडौँ । रोपाइँजात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले गाईजात्रा तथा रोपाईँजात्रा मूल समारोह समिति, बौद्धले यही भदौ ५ गते गाईजात्रा तथा रोपाइँजात्राको आयोजना गर्ने भएको छ ।
समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको र विविधताभित्रको साँस्कृतिक नगरी बौद्धको परम्परागत गाईजात्रा र रोपाइजात्रालाई जीवित राख्ने उद्देश्यले यस वर्ष पनि जात्रा आयोजना गरिएको जानकारी दियो ।
जात्रामा घिनतिङ नाका कार्यक्रम, घोनाई कार्यक्रम, हाँस्य व्यङ्गय तथा साँस्कृतिक कार्यक्रम, र रोपाईँ जात्रालगायतका कार्यक्रम आयोजना गरिएको समितिका संयोजक जनमङ्गल लामाले बताए । जात्रामा प्रस्तुत हुने विविध विधामा लाखे, रोपार, बाउसे, हाँस्य-ब्यङ्गय, झाँकी, ख्याली, बाल रोपार, बाल बाउसे, बाल लाखे, हलि र घाडा रहेका छन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया