भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति

काठमाडौं । भारतले नेपालबाट थप १२ वटा जलविद्युत आयोजनाको २५१ मेगावाट विद्युत् खरिद गर्ने भएको छ । योसँगै नेपालबाट भारतमा निर्यात हुने विद्युत ९४१ मेगावाट पुगेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । उनले यसमा १० प्रतिशत थप हुनसक्ने बताए ।
साथै २५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए । विहारको लागि तीन बर्ष र हरियाणाको लागि पाँच बर्षको सम्झौता हुने उनले बताए । कुलमानले प्रतियुनिट ५ रुपैया ४५ पैसा भारुमा यो विद्युत बेच्ने सम्झौता भएको बताएका हुन् ।
भारतमा बिजुली निर्यात गर्ने आयोजनाको संख्या पनि २८ वटा पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोडको बिजुली निर्यात गरेको थियो भने अब यस बर्ष यो ३० अर्बसम्म पुग्नसक्ने घिसिङले जानकारी दिएका छन् ।
यो वर्ष आयातभन्दा बढी निर्यात गरेकाले खुद निर्यातकर्ता बनेको दाबी गर्दै आएको छ । सन् २०२१ को अक्टोबरमा नेपालले ३९ मेगावाटको विद्युत निर्यात अनुमति पाएको थियो । त्यसपछि भारतले पटक-पटक नयाँ आयोजनाको बिजुली निर्यातका लागि स्वीकृति दिएको छ।
पछिल्लो स्वीकृतिसँगै अब नेपाल विद्युत् प्राधिकरणलाई दशैँ-तिहारका समयमा बढी हुने बिजुली व्यवस्थापन गर्न सहज हुने भएको छ ।
यो वर्षको जेठदेखि बंगलादेशमा पनि बिजुली निर्यात गर्ने तय भए पनि अहिलेसम्म सम्झौता भने हुनसकेको छैन ।










सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया