नवीकरणको अन्योलतामा एनसेल, नविकरण नभए कम्पनीको भविष्य के होला ?

काठमाडौँ । सरकारले समयमै निर्णय नगर्दा करीब १ करोड ३० लाख नेपाली सञ्चार सम्पर्कबाट बञ्चित हुने भएका छन् । आगामी भदौ १६ बाट देशकै ठूलो मोबाइल सेवा प्रदायक एनसेल कम्पनी खारेज हुने जोखिम बढेको छ ।
कम्पनीले भदौ १४ भित्र २३ अर्ब रुपैयाँ राजस्व तिरेर ५ वर्षपछि सबै श्रीसम्पत्ती सरकारको नाममा पास गरिदिने लिखित निवेदन दिएको अवस्थामा मात्रै एनसेलको लाइसेन्स जोगिने अवस्था छ । तर कम्पनी यो पैसा चुकाउन तयार देखिएको छैन ।
घट्दो ब्यापार र खुम्चँदो नाफालाई देखाएर एनसेलले एकै पटक यति ठूलो धनराशी तिर्न असमर्थता देखाएको छ । उसले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग किस्ताबन्दीको सुविधा मागेर राजनीतिक लबिङ गरिरहेको छ ।
प्राधिकरणले भने दूरसञ्चार सम्बन्धी कानुनमा किस्ताबन्दीको व्यवस्था नभएको भन्दै त्यस्तो सुविधा दिन नसकिने धारणा राख्दै आएको छ । उता, यसअघि माओबादी नेतृत्वको सरकारले गत फागुन ६ गते बसेको मन्त्री परिषद बैठकबाट ५ वर्षपछि सबै जायजेथा सरकारको नाममा आउने सुनिश्चितता गरेरमात्रै नविकरण हुनसक्ने निर्णय गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत चैतमा प्रकाशन गरेको एक तथ्यांक अनुसार नेपालमा एनसेलका १ करोड २९ लाख ५२ हजारभन्दा धेरै मोबाइल फोन प्रयोगकर्ता छन् भने त्यसमध्ये ७६ लाख १७ हजारभन्दा धेरैले ब्रोडब्याण्ड इन्टरनेट चलाउँछन् ।
भदौ १४ गते शुक्रबार भित्र नविकरण नभए कम्पनीको भविष्य के हुन्छ र त्यसपछि कम्पनीका सेवाग्राहीहरुको अवस्था के हुन्छ भन्ने अनिश्चय छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया