अनुहारको सौन्दर्यता बढाउनको लागि प्रयोग गर्नुस् यी ३ फेसप्याक

हरेक महिलाको चाहना हुन्छ सुन्दर देखिने । यसको लागि महिलाहरु धेरै प्रकारका सौन्दर्य उत्पादनहरु प्रयोग गर्दछन्, यी सौन्दर्य उत्पादनहरु लाई केहि समय को लागी सुन्दर र चम्किलो बनाउँछ ।
तर ती केमिकलयुक्त वस्तुले अनुहारलाई हानि पु¥याउँछ, । गोलभेँडामा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त पाइन्छ, जसले छालालाई निखार्नका साथै छालामा अन्य धेरै फाइदाहरू ल्याउन सक्छ ।
यस्ता छन् गोलभेँडाबाट बन्ने ३ फेसप्याक
गोलभेँडा र चिनी
गोलभेँडालाई पिसेर यसको रस निकाल्नुहोस् ।यस रसमा एक चम्चा चिनी हाल्नुहोस् । त्यसपछि यो मिश्रणलाई राम्ररी मिलाउनुहोस् र बिस्तारै रगड्दै आफ्नो अनुहारमा लगाउनुहोस् ।
यो प्याकलाई अनुहारमा केही समयको लागि छोड्नुहोस् र सुकेपछि पानीले अनुहार धुनुहोस् । यसले छालामा प्राकृतिक चमक ल्याउनेछ ।
गोलभेँडा र मह
गोलभेँडा र मह मिसाएर फेसप्याक बनाउन सक्नुहुन्छ । यसले छालालाई भित्रैदेखि सफा गर्छ र छालालाई मुलायम बनाउँछ । टमाटर र महको मिश्रणले पिम्पल र जिद्दी दागहरू छिट्टै हटाउन मद्दत गर्दछ । यसले अतिरिक्त तेल र फोहोर सफा गर्न मद्दत गर्दछ । यसले छिद्रहरू पनि सफा गर्छ । यसलाई बनाउनको लागि, तपाईंले पहिले एउटा गोलभेँडालाई पिसेर त्यसमा एक चम्चा मह मिसाउनुहोस् । अब यो पेस्ट अनुहारमा लगाउनुहोस् र केहि समयको लागि छोड्नुहोस् । जब अनुहारमा लगाएको प्याक सुक्छ तब पानीले धुनुहोस् । यसले पनि अनुहारमा धेरै चमक आउँछ ।
गोलभेँडा र कागती
गोलभेँडा र कागती दुवै उत्कृष्ट क्लिन्जर मानिन्छन् । तिनीहरूबाट बनेको फेस प्याकले अनुहारको चमक बढाउन निकै सहयोगी हुन्छ । यसले छालामा तेलको पहुँच कम गर्न धेरै मद्दत गर्छ । यसका लागि टमाटरलाई पिसेर सानो चम्चामा समान मात्रामा कागती र मह मिसाएर पेस्ट तयार पार्नुहोस् । यस पेस्टलाई अनुहारमा लगाएर केही बेर छोडेर सादा पानीले अनुहार धुनुहोस् । यो लगाउनाले अनुहारमा सुधार आउँछ, पिग्मेन्टेसन जस्ता समस्याबाट छुटकारा मिल्छ । नोट : यी विधिहरु अपनाउनुअघि डाक्टरसँग परामर्श गर्नुहोस् ।
एजेन्सीको सहयोगमा















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया