रोनाल्डोले युट्युब खाेलेकाे १९ घण्टामै १६ मिलियन सब्सक्राइबर

काठमाडौं । फुटबल स्टार क्रिस्टियानो रोनाल्डनोले युट्युब च्यानल खोलेको २४ घण्टा नपुग्दैँ १६ मिलियनभन्दा बढी सब्सक्राइबर कमाइ सकेका छन् ।
उनको युट्युब च्यानल (युआर क्रिस्टियानो) ले सबैभन्दा छिटो समयमा एक मिलियन (दश लाख) सब्सक्राइबर पार गर्दै नयाँ विश्व रेकर्ड बनाएको छ।
उनको युट्युब च्यानलले पहिलो ९० मिनेटमा एक मिलियन सब्सक्राइबर पार गरेको थियो। चार घण्टामा पाँच मिलियन सदस्य पुगेका थिए।
अहिले पनि उनका सब्सक्राइबर बढ्ने क्रम जारी छ। यो समाचार तयार गर्दासम्म सब्सक्राइबर १६ मिलियन पुगिसकेको छ।
यस्तै भ्यूजको पनि कीर्तिमान बन्ने क्रममा उनको च्यानलमा ४० मिलियन भ्युज पुगिसकेको छ।
रोनाल्डोले आफ्नो च्यानलले पाएको गोल्डन प्ले बटनको भिडिओ पनि अपलोड गरिसकेका छन् । उनले च्यानलको गोल्डन बटन आफ्ना बच्चाहरुलाई समर्पित गरेका छन् ।
रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलियन फलोअर रहेका छन् ।
















पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया