सोमबार, चैत १६, २०८२

बाढीले कञ्चनपुरमा करोडौँको क्षति

मेरोन्यूज २०८१ भदौ ७ गते ७:०८

दोधारा चाँदनी(कञ्चनपुर)। असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो । “बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्लाभर रु एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ मूल्य बराबरको क्षति भएको छ”, निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भने। कृषि क्षेत्रमा रु ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ बराबरको क्षति भएको छभने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा रु २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा रु दुई करोड ३२ लाख ५२ हजार नौ सय, सडक डिभिजन कार्यालयमा रु तीन करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ रु सात करोड १९ लाख ७५ हजार बराबरको क्षति भएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा र २२ लाख, जनताको तटबन्ध कार्यालयको रु ४७ करोड ४२ लाख ८३ हजार नौ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयको रु १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको रु ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ र पशुधनमा रु एक करोड २३ लाख ९१ हजार गरी जम्मा रु एक अर्ब ६७ करोड १० लाख २१ हजार चार सय २९ बराबरकोे क्षति भएको छ ।

बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो । असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशमा त्यति धेरै पानी कहिल्यै परेको थिएन । भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया