सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी : पूर्वराष्ट्रपति भण्डारी

पाटन (ललितपुर) । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताएकी छिन् ।
भक्तपुर विकास सहयोग सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा ३०औँ खोपृङ सम्मान कार्यक्रममा मन्तव्य राख्दै पूर्वराष्ट्रपति भण्डारीले मूर्त तथा अमूर्त कला, सम्पदाले सजिएको सांस्कृतिक रुपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरको रुपमा परिचित भएको बताइन् ।
‘सांस्कृतिक धरोहर, ऐतिहासिक सम्पदाले सजिएको भक्तपुर पूर्खाको पौरखबाट सृजित उन्नत सहरको रुपमा स्थापित भएको छ, हाम्रा पुर्खाले सृजना गरेका ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो’, उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले भक्तपुर विकास सहयोग सङ्घले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् । सङ्घले प्रकाशन गरेको खोपृङ पत्रिकामा विषय विज्ञद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने उनले विश्वास व्यक्त गरिन् ।
सङ्घले गरेका कार्यबाट पर्यटनको प्रचारप्रसारका साथै स्थानीयको आयआर्जनमा महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रसिद्ध जुजु धौले देशभर प्रसिद्धि कमाएको स्मरण गरिन् । दार्शनिक एवं सांस्कृतिक चिन्तक जगमान गुरुङ, वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, संस्कृति शिरोमणि हरिराम जोशी, वरिष्ठ वाङ्मय साधन तथा भाषासेवी तेजेश्वर बाबु ग्वंगः र वरिष्ठ गायक योगेशवर अमात्यलाई सम्मान गरिएको थियो ।
बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले समाजले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यहरू गर्दै आइरहेको उल्लेख गर्दै समाजले गरेको कामप्रति आभार व्यक्त गरे । उनले समाजको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्न आग्रह गर्दै भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गराउन लागि पर्ने बताए । समाजका अध्यक्ष राजु मृगेन्द्र जोशीले सामाजिक कार्यका लागि गरिएको सानो कार्यले ठूलो परिवर्तन हुनसक्ने बताए ।
















‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
प्रतिक्रिया