भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमण सकी स्वदेश फिर्ता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्याण्ड र युक्रेनको दुई देशको भ्रमणपछि स्वदेश फिर्ता भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोल्याण्ड भ्रमण ४५ वर्षपछि भएको हो ।
उनले दुई दिने युरोप भ्रमणका क्रममा युक्रेनको पनि भ्रमण गरेका हुन् । युक्रेन भ्रमण गर्ने उनी पहिलो पदबहाल भारतीय प्रधानमन्त्री हुन् ।
युक्रेन भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको बडापत्रलगायत क्षेत्रीय अखण्डता र राष्ट्रको सार्वभौमिकताजस्ता अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू लागु गर्न आफू तयार रहेको बताएका थिए ।
भारतीय पक्षले आफ्नो सैद्धान्तिक अडान दोहोर्याउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्तिपूर्ण समाधानमा ध्यान केन्द्रित गरेको छ । भारतले युक्रेनमा शान्तिका लागि जून २०२४ मा स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित शिखर सम्मेलनमा भाग लिएको थियो ।
युक्रेनी पक्षले भारतको यस्तो सहभागिताको स्वागत गर्दै आगामी शान्ति शिखर सम्मेलनमा भारतको उच्चस्तरीय सहभागिताको महत्वमाथि प्रकाश पारेको छ । भ्रमणका क्रममा भारत र युक्रेनले चार वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया