बागमती प्रदेशका पर्यटन मन्त्री निवासमा आगलागी
मेरोन्यूज
२०८१ भदौ ९ गते २१:०७

मकवानपुर । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आज साँझ आगलागी भएको छ ।
मन्त्री बस्ने भवनको माथिल्लो तलामा रहेको सभाहलमा आगलागी हुँदा इन्भर्टर ब्याट्री चार थान, पावर सप्लाइ बक्स, वाइफाइ राउटर, गलैचा, जिप्सन बोर्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार साँझ ७ं बजेर ४० मिनेट जाँदा आगलागी सुरु भएको र ७ बजेर ५५ मिनेटमा निभाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
आगलागी हेटौंडा उपमहानगरको वारुणयन्त्र प्रयोग गरिएको थियो । विद्युत सर्ट भएका कारण आगलागी भएको प्रहरीले जनाएको छ । हेटौंडा–९ लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगको कर्मचारी आवासलाई नै मन्त्री निवास बनाइएको थियो ।
सम्बन्धित













निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया