फिल्म ‘तेल भिसा’ को पहिलो गीत ‘हरि नाम झैं’ सार्वजनिक

काठमाडौँ । शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।
सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक ‘हरि नाम झैं’ बोलको गीत सार्बजनिक गरिएको हो । कल्याण सिंहको संगीतमा तयार भएको गीतमा हर्क साउदको शब्द रचना छ भने निशान भट्टराई र समीरा थपलियाको गायन छ ।
गीतमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत छन्। विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन् । छोरा (विपिन कार्की)को सन्तान हुन लागेपछि नेपालबाट आमा (पूजा चन्द) अमेरिका पुगेपछिको अवस्थालाई गीतमा देखाइएको छ । गीतको अन्त्यमा पूजालाई अमेरिकी प्रहरीको नियन्त्रणमा देख्न सकिन्छ ।
आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्की निर्माता तथा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्मातामा छन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन तथा अजय खड्काको सम्पादन छ ।
गीतको लिंक- https://youtu.be/hLg4dZ1k3pc
















सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
सरकारका प्रवक्ता भन्छन्– त्रिवि क्रिकेट मैदान भत्किँदैन
सुधारिँदै काठमाडौँको वायु गुणस्तर
कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
NC decides to nominate Aangdembe as its Parliamentary Leader
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया