एन्फा महासचिवको तलब दुई लाख ७० हजार पुग्यो, खेलाडीको ३० हजार मात्र
मेरोन्यूज
२०८१ भदौ १२ गते १४:१८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ ।
खेलाडीको तलब १८ हजारबाट बढाएर ३० हजार गरेको एन्फाले महासचिवको तलब भने एक लाख २० हजारबाट बढाएर करिब २ लाख ७० हजार पुर्याएपछि आलोचना भएको हो ।
अध्यक्ष पंकज नेम्वाङले पेश गरेको प्रस्ताव नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलब दुई हजार अमेरिकी डलर पुर्याउने उल्लेख गरेका थिए । बैठकम असन्तुष्टि भएपनि यो प्रस्ताव बहुमतले पारित गरेको छ ।
बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
सम्बन्धित













धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
दुर्गा प्रसाईं समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया